सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई सययमै र पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो
न्यूज़ डेस्क नवलपरासी…(जीतेन्द्र गुप्ता की रिपोर्ट)
नवलपरासी/नेपाल |
नवलपरासी संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकास का लागीे राष्ट्र सेवक कर्मचारीहरु बहस पैरवी अघि बढाउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई सययमै र पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । छलफलको क्रममा हाल जिल्लामा पालिका स्तर देखी प्रदेश र संघीय सरकारको लगानी भईरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयास वारे बृहद छलफल गरिएको थियो । बहस पैरवी छलफलमा बोल्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चीत सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफु राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको विस्वास व्यक्त गर्नुभयो । सो क्रममा चौधरीले बिकासका लागी स्थानिय तह , प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तिब्र रुपमा अघि बढाउने विस्वास व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा जिल्लामा हालसम्म सञ्चालनमा रहेका स्थानिय तह देखी राष्ट्रिय गौरवको आयोजना विस्तृत अवस्था , समस्या , र समाधानको दिर्घकालीन उपाय वारे बहस गरिएको थियो.