भारतबाट अबैध रुपमा माछा कुुखुरा अन्डा नेपाल भित्राउदाँ यहाँ किसानहरु मारमा परेकोे: सुबाश चौधरी
न्यूज़ डेस्क नवलपरासी…(जीतेन्द्र गुप्ता की रिपोर्ट)
नवलपरासी/नेपाल |
भारतबाट अबैध रुपमा माछा कुखुरा अन्डाको तस्करी हुदाँ पश्चिम नवलपरासीका व्यवासयीहरु मारमा परेका छन । नेपालभारत सिमाको मुख्य नाका महेशपुर,प्रतापपुर झुलनिपुर सरावलको भुजहवा हुदै भारतबाट अबैध रुपमा माछा कुखुरा नेपाल भित्राउदाँ यहाँँ पशुपाल किसानहरु मारमा परेका हुन ।नवलपरासीको सिमानाकामा माछा कुखुरा ठूलोमात्र तस्करी हुने गरेको पाईएको छ । जिल्लमा प्रहरीको मिलोेमतोमा व्यापक रुपमा माछा कुखुरा अन्डा लगायतको तस्करी भैरहेको छ । प्रहरीको सेटिङ्गमा भारतबाट अबैध रुपमा माछा कुखुरा तस्करी हुने गरेको छ ।
महेशपुर नाका झुलानिपुर र सरावलकोे भुजहवा नाकाबाट भारतबाट अबैध रुपमा कुखुरा माछा चोरी तस्कारी हुदै आएको छ । भारतबाट अबैध रुपमा माछा कुुखुरा अन्डा नेपाल भित्राउदाँ यहाँ किसानहरु मारमा परेकोे कुखुरा व्यवसायी सङ्घका नवलपरासीका जिल्ला अध्यक्ष सुबाश चौधरीले बताए । उनको अनुसार भारतमा कुखुराको दान कुखुरा चल्ला कुखुराको मूल्य सस्तो भएको र नेपाली बजारमा कुखुराको दान कुखुरा चल्ला र कुुखुरा महगो भएकोले हामी कुखुरा व्यवसायीहरु मार्कमा परेको बताए ।
नेपाली बजारका तुलनामा भारतमा कुखुराको मूल्य कम भएकाले नाफा कमाउन उदेश्यले तस्करी हुँदै आएको अध्यक्ष चौधरीले बताए । नेपाल भारत सिमा नाकामा रहेका सुरक्षाकर्मीहरु भारतबाट अबैध रुपमा भित्राउने कुखुराको तस्करी नरोक्दा समेत कुखुरा व्यवासयी र माछा व्यवासयीहरु झनै मारमा परेको चौधरीले गुनसो गरे । भारतबाट अबैध रुपमा चोरी पैठारी हुदै आएको कुखुराहरु खुल्ला रुपमा नेपाली बजारहरुमा बिक्री बितरण रोक नहुदाँ यहाँ कुखुरा व्यवसायीहरुले उत्पादनको कुखुराको बजार पाउन नसकेको अध्यक्ष चौधरीको भनाई छ ।
भारतबाट अबैध रुपमा माछा चोरी तस्करी हुदाँ माछा पालक कृषकहरु पनि मारमा परेका छन । उनीहरु मिनेहत गरेर पालेको माछा बिक्री बितरण र बजार नपाउदाँ माछापालकहरु मारमा परेको बताएका छन । भारतबाट अबैध रुपमा चोरी निकासी हुदै माछा नेपाल भित्रीदाँ हामी माछा पालक किसानहरु मारमा परेको माछा व्यवासयी संघका केन्द्रिय सदस्य ईश्वारी चौधरीले बताए ।
उनले भने भारतबाट अबैध रुपमा चोरी निकासी हुदै आएको माछा सास्तो भएकोले तस्कारहरुले नाफा कमाउने उदेश्यले पनि नेपालमा उत्पादन भएका माछा बजार नपाउदाँ व्यवसायहरु धरापमा परेको चौधरीको भनाई छ ।
सिमानाकाबाट दैनिक रुपमा ठूलो मात्रामा माछा ल्याउन नरोकिएपछि यहाँ माछा पालक किसानहरु मारमा परेको चौधरीले बताए ।उनको भारतबाट अबैध रुपमा आउने ग्रस कमना बइखी जातका माछा स्वास्थ्यको लागि हानिकार रहेकोले पनि मानिसको स्वास्थ्य प्रत्यक्ष असर गर्ने खालको रहेको केन्द्रिय सदस्य चौधरीको भनाई छ । चौधरीले भने नवलपरासी जिल्लालाई पुग्ने गरी माछा उत्पादन हुने गरेको तर भारतबाट चोरी निकासी हुदै आउने माछाले गर्दा हामी माछा पालकहरु मारमा छन ।
नवलपरासीमा १०० बिगाहमा माछा पालन गरिएको बताउदै एक सय देखी १५० सम्म माछा पालकहरुको रहेको चौधरीले जानकरी दिए । सिमा रहेका सुरक्षाकर्मीहरुले माछा कुखुरा तस्करी नरोकिदाँ समेत किसानहरुले उत्पादन गरेकोे कुखुरा र माछा बजार पाउन नसकेको व्यवसयीहरुले गुनासो गरेका छन ।
नवलपरासीका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेको माछा पालक र कुखुरा पालकहरु आरोप लागाएका छन ।
तस्करीको माछा कुखुरा बुटवाल भैरहवा नारायणगढसम्म बिक्री बितरण हुदै आएको छ । भारताट अबैध रुपमा चोरी निकासी हुदै आउने कामन ग्रहस,रोहु,सिल्वर र बइखी जातको माछाहरु नेपाली बजारमा आउने गरेको छ । यता भारतबाट अबैध रुपमा माछा कुखुरा चोरी निकासी रोक्नको लागि सिमानाकामा अनुगमन गरिएको । भाारतबाट अबैध रुपमा भित्रिने माछा कुखुरा रोक्नको लागि नवलपरासीको सिमानाका क्षेत्रहरुमा अनुगमन गरिएको हो । पशु क्वारेन्टाईन भैरहवा र बिभिन्न सरोकारवालाहरुको संयुक्त सिमानाका अनुगन समितीले जिल्लाको प्रतापुपुर ५मा रहेको मटरा नाका बालिनगरनाका प्रतापुपरको १ झुलनिपुर नाकाबाट हुदै माछा कुखुरा नेपाल भित्रीने क्षेत्रको अनुगमन गरिएको पशु क्वारेन्टाईन भैरहवाका डा सन्तोष यादवले जानकरी दिए ।
अनुगमन क्रममा सिमाानकामा भारतबाट अबैध रुपमा नेपाल आउने माछा कुखुरालाई रोक्न र उच्चसर्तक अपाउन सिमा नाकामा रहेका प्रहरी चौकी र सिमा सुरक्षा बलको रुपमा रहेका सशस्त्र प्रहरीलाई निरुसाहित गराउन निर्देशन आवश्यक सहयोग गरिदिन अनुरोध गरिएको डा यादवले बताए ।
त्यसक्षेत्रमा रहेका प्रहरी चौकी र सिमा सुरक्षा बलको रुपमा रहेका सशस्त्र प्रहरीलाई कार्यसम्पादन थप चुस्तदुरुस्त बनाउन र तस्करी रोक्न भनिएको यादवले बताए । यसबर्षमा श्रवाणदेखी पुसमान्सतसम्म ब्रोइलर कुखुराको चल्ला तीन हजार पाँच सय गोटा ब्रोईलक कुखुरा १६५० गोटा माछा ४६५ केजी वानामेन्टल माछा १६१ केजी पक्राउ गरी नष्ट गरिएको डा यादवले जानकारी दिए ।
Breaking News:
- महराजगंज: फर्जी प्रमाण पत्र पर नौकरी करने वाली शिक्षिका बर्खास्त, शिक्षा विभाग की कार्यशैली पर सवाल
- ठूठीबारी में उर्वरक संकट: किसानों की समस्या और शासन-प्रशासन की सच्चाई
- उच्च प्राथमिक विद्यालय में 88 हजार रुपये के फर्जीवाड़े का होगा खुलासा, RTI से सामने आएगा मामला
- छठ पूजा के लिए बजहा (अहिरौली) ग्राम पंचायत का सौंदर्यीकरण, बना प्रेरणास्रोत
- कठखोर ग्राम पंचायत में प्रधानमंत्री आवास और मनरेगा योजना में फर्जीवाड़ा
- सरकारी योजनाओं पर दलालों की नज़र: ठूठीबारी क्षेत्र में बुजुर्ग-किसान का शोषण, 10 हजार की दलाली का मामला उजागर
- जिलाधिकारी और पुलिस अधीक्षक द्वारा कोतवाली ठूठीबारी का निरीक्षण: बोले स्वच्छता और सुंदरता का आदर्श उदाहरण
- प्रधानमंत्री आवास योजना में भ्रष्टाचार: पात्रों का हक छीन अपात्रों को मिला आवास, बकुलडिहा के ग्राम प्रधान और सचिव पर मामला दर्ज