कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ: गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी
न्यूज़ डेस्क नवलपरासी (नवलपरासी से उमेश बि.क की रिपोर्ट)
नवलपरासी/नेपाल |
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । किसानहरुलाई कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण हस्तान्तरण गरेको हो । निजि तथा ब्यवसायिक फमकाे लागि १५ जनालाई बिद्युतिय चाप कटर ७५ प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको हाे । त्यस्तै ८० जनालाई निशुल्क क्यान प्रदान गरिएको हाे ।
ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले हस्तान्तरण गर्नुभएको हाे । पालिकाका अध्यक्ष चाैधरीले कृषिमा व्यावसायीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । “कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ”, उनले भने । कृषकको मागका आधारमा सामग्री वितरण गरिएको उनले बताए । “यान्त्रिकरणमार्फत कृषकलाई व्यावसायिक बनाउन विभिन्न सामग्री प्रदान गरेका हौँ, यसले कृषक खुसी भएका छन्”, चाैधरीले भने । परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेकाले लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिइएको उनले बताए।